२९ जेठ २०८३, शुक्रबार

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

फागुन २८, २०८२
काठमाडौं
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

मौसम बदली भएसँगै आज बिहीबार दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ । 

यस्तै, गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । 

उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ । चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ ।

अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ । 

यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्