२३ जेठ २०८३, शनिबार

एनआईसी एसिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

फागुन २९, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

लामो समयदेखि परोपकारी संस्थाका रूपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्री उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई यही फागुन २८ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहनदार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।

उनका अनुसार बैंकले विगतका वर्षमा पनि सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

शान्ति सेवा गृह, काठमाडौंमा रहेका यी विद्यार्थीहरूलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरूको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।​

salt training

कमेन्ट गर्नुहोस्