०७ असार २०८३, आइतबार

इरानका नयाँ सर्वोच्च नेतालाई पनि घाइते बनाएको ट्रम्पको दाबी

फागुन २९, २०८२
काठमाडौं
इरानका नयाँ सर्वोच्च नेतालाई पनि घाइते बनाएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईलाई पनि आक्रमण गरिएको दाबी गरेका छन् । उनी सम्भवत: जीवितै रहे पनि घाइते बनाइएको उनको दाबी छ ।

इरानी सरकारी टेलिभिजनबाट प्रसारित खामेनेईको सन्देशपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

उक्त सन्देशमा खामेनेईले इरानले अझै पनि स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्ने विकल्प प्रयोग गर्न सक्ने संकेत दिएका थिए।

समाचार एजेन्सी रोयटर्सले एक इरानी अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनेई सामान्य घाइते भएको जनाएको छ। तर, घटनाबारे थप विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

आज प्रसारण हुने फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले खामेनेईको उक्त अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै भने, 'उनीहरूले धेरै कुरा गरिरहेका छन्, त्यसैले अब उनीहरूले त्यसलाई व्यवहारमा उतार्नुपर्ने हुन्छ। हामीले के हुन्छ हेर्नु पर्नेछ, किनकि हामी उनीहरूलाई कमजोर पारिरहेका छौँ।'

उनले थपे, 'हामीले उनीहरूलाई दोस्रो विश्वयुद्धपछि कसैलाई पनि नगरे जति कडा प्रहार गरिरहेका छौँ।'

हाल स्ट्रेट अफ होर्मुज क्षेत्रमा तेल बोक्ने जहाजहरूमा आक्रमण भएको र केही जहाज अलपत्र परेको खबर आएका छन्।

यस कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १०० डलरको हाराहारीमा पुगेको छ।

कमेन्ट गर्नुहोस्