१३ असार २०८३, शनिबार

पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा १ जना पक्राउ

फागुन ३०, २०८२
झापा
पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा १ जना पक्राउ
फाइल फोटो

झापामा पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठक पक्राउ परेका छन् । उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए ।

सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्