१० असार २०८३, बुधबार

लेबनान–इजरायल युद्धविराम वार्ता गर्न फ्रान्स तयार

फागुन ३०, २०८२
काठमाडौं
लेबनान–इजरायल युद्धविराम वार्ता गर्न फ्रान्स तयार

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले लेबनान र इजरायलबीच युद्धविरामका लागि पेरिसमा वार्ता आयोजना गर्न आफू तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै म्याक्रोंले शुक्रबार लेबनानका राष्ट्रपति, प्रधानमन्त्री र संसद् सभामुखसँग कुराकानी गरेको र उनीहरू इजरायलसँग प्रत्यक्ष छलफलका लागि तयार रहेको बताएका छन् ।

उनले इजरायललाई व्यापक सैन्य आक्रमण र निरन्तर हवाई प्रहार रोक्न तथा हिज्बुल्लाहलाई द्वन्द्वलाई लापरबाहीपूर्ण रूपमा चर्काउने गतिविधि बन्द गर्न आग्रह गरेका छन् ।

म्याक्रोंले लेखेका छन्, ‘इजरायलले यो अवसरलाई उपयोग गरी वार्ता शुरू गर्नुपर्छ, युद्धविराम कायम गर्नुपर्छ र दीर्घकालीन समाधान खोज्नुपर्छ, जसले लेबनानी अधिकारीहरूलाई आफ्नो सार्वभौमिकताको पक्षमा प्रतिबद्धता पूरा गर्न सहयोग पुर्‍याउनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्