१५ असार २०८३, सोमबार
रास्वपा सचिवालय बैठक

रास्वपाले छान्यो समानुपातिकमा ४८ महिला र ९ पुरुष, आयोगले स्वीकार गरेपछि मात्र सार्वजनिक गर्ने

चैत १, २०८२
काठमाडौं
रास्वपाले छान्यो समानुपातिकमा ४८ महिला र ९ पुरुष, आयोगले स्वीकार गरेपछि मात्र सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ प्राप्त ५७ सिटमा सांसद मनोनयनका लागि नाम टुङ्ग्याएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा नाम टुंगो लगाएको हो । प्रवक्ता मनिष झाका अनुसार निर्वाचन कानूनमा व्यवस्था भए बमोजिम ४८ महिला र ९ पुरुषको नाम आयोगमा बुझाउने निर्णय गरिएको छ ।

ती नामहरू आज आइतबार नै आयोगमा बुझाइने उनले बताए । उनका अनुसार खसआर्यतर्फ १७, जनजातितर्फ १६, दलिल ८, मुस्लिम ३, मधेशी ९ र थारू क्लस्टरका ४ जनाको नाम मनोनयनका लागि निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ ।

टुंगो लगाइएका नामहरू निर्वाचन आयोगले ‘एप्रुभ’ गरेपछि मात्र सार्वजनिक गरिने प्रवक्ता झाले बताए । 

बैठकमा सभापति रवि लामिछाने भने भर्चुअल सहभागी भएका थिए । बैठकले अस्वस्थ नेताहरूको स्वास्थ्यलाभको कामना समेत गरेको छ । 

‘बैठकका केवल दुई वटा एजेन्डा थिए, एउटा समानुपातिकतर्फ रास्वपाले प्राप्त गरेको सिटका लागि मनोनयन गर्ने नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने । हामीले नाम टुंगो लगाएका छौं । आजै निर्वाचन आयोगमा बुझाउँछौं’, प्रवक्ता झाले भने, ‘र अर्को थियो विविध । विविधमा हामीले निर्वाचनलाई सफलतापूर्व सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, मतदाता, सुरक्षाकर्मीलगायतलाई धन्यवाद ज्ञापन गर्‍यौं । साथै निर्वाचनका क्रममा अस्वस्थ हुनुभएका विभिन्न नेताज्यूहरूको स्वास्थ्यलाभको कामना गर्‍यौं ।’

salt training

कमेन्ट गर्नुहोस्