![सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Congress_Metting_5_y43lBnV06U.jpeg)
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने जनाइएको छ ।
फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट पाएको छ ।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए ।
उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताए ।
कांग्रेसले पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमा समेत बैठक गरी टुंगोमा पुग्नुपर्नेछ । प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म बस्ने जानकारी दिए ।







