१४ असार २०८३, आइतबार

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

चैत २, २०८२
काठमाडौं
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कालिका नगरपालिका-७ नमुना टोल बस्ने वर्ष १८ वर्षीय एनी तामाङ (फेसबुक नाम) र सोही ठाउँका २५ वर्षीय विजय सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-३ बस्ने ४९ वर्षीय पुरुषलाई उनीहरूले हनि ट्र्यापमा पार्ने कोसिस गरेका थिए ।

प्रहरीका अनुसार ती पुरुषको एनीसँग सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । एनीले २५ उमेर बताएकी थिइन् । फेसबुकको चिनजानपछि फोनमा समेत कुराकानी हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनै एनीले ती पुरुषलाई फागुन जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री बाटोमा भेट्न बोलाएपछि उनी गएका थिए । उक्त स्थानमा भेट्न जाँदा योजनाबद्ध तवरले अन्य मानिसलाई बोलाई पीडितलाई कुटपिट गरि उनको साथमा रहेको  स्कुटर लुटपाट गरी फरार भएका थिए ।

ती पुरुषले आफ्नो स्कुटर फिर्ता माग्दा रकम माग गर्ने, रकम नदिए जबर्जस्ती करणी कसुरमा मुद्दा हाली फसाइदिने भनी धाकधम्की दिइरहेको जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । 

त्यसक्रममा एनी र विजयलाई आइतबार भरतपुर महानगरपालिका-१० वीरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्