१३ असार २०८३, शनिबार

इराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण

चैत ३, २०८२
काठमाडौं
इराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गर्दै भीषण ड्रोन तथा रकेट आक्रमण भएको छ। 

समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार दूतावासमाथि एकपछि अर्को गर्दै आक्रमण भएको हो ।
यस क्षेत्रमा पछिल्लो समय आक्रमणको शृङ्खला सुरु भएयताकै यो सबैभन्दा भीषण हमला भएको समाचारमा उल्लेख छ। यद्यपि, आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

यस आक्रमण हुनुभन्दा करिब ६ घण्टाअघि मात्रै अमेरिकी दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूका लागि नयाँ सुरक्षा सतर्कता (सेक्युरिटी अलर्ट) जारी गरेको थियो। 

उक्त अलर्टमा मध्य बग्दादको 'इन्टरनेसनल जोन' (अन्तर्राष्ट्रिय क्षेत्र) मा इरान-समर्थित आतङ्ककारी मिलिसियाहरूले पटक-पटक आक्रमण गरिरहेको भन्दै सावधानी अपनाउन चेतावनी दिइएको थियो। 

सोही चेतावनीको केही घण्टा बित्न नपाउँदै दूतावासमाथि यो ठूलो हमला भएको हो।

salt training

कमेन्ट गर्नुहोस्