
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सोमबार सुन ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।