१५ असार २०८३, सोमबार

स्रोत नखुलेको १० लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

चैत ३, २०८२
काठमाडौं
स्रोत नखुलेको १० लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टान झियाङ छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले झियाङलाई ठमेल ज्याठाबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धान कार्यालयका सूचना अधिकारी मनोहरप्रसाद भट्टका अनुसार उनी ठमेलमा होटल व्यवसाय गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्