११ साउन २०८३, सोमबार

एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन : शंकर पोखरेल

चैत ४, २०८२
काठमाडौं
एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चुनावी लहर वा ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएका छन् । बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले चुनावी परिणामबाट महत्वपूर्ण राजनीतिक शिक्षा लिनुपर्ने बताएका हुन् । 

पोखरेलले सन १९८४ मा भारतमा भएको आम निर्वाचनको उदाहरण दिँदै त्यसबेला देखिएको ‘राजीव लहर’लाई अहिले नेपालको चुनावमा देखिएको ‘बालेन लहर’सँग तुलना गरेका छन्। 

उनका अनुसार उक्त निर्वाचनमा कांग्रेस–आईले दुईतिहाइभन्दा बढी सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो । अहिले सत्तारूढ भाजपा मात्र २ सिटमा सीमित भएको उनले स्मरण गरेका छन् । 

तर, त्यस्तो भारी जनमत प्राप्त गरे पनि कांग्रेस क्रमशः कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त बन्दै अघि बढेको उनले स्मरण गराएका छन्। सोही प्रक्रियाको परिणामस्वरूप अहिले नरेन्द्र मोदीको नेतृत्वमा भाजपा लगातार तेस्रो कार्यकालका लागि केन्द्रीय सत्तामा स्थापित भएको उनले उल्लेख गरेका छन्।

पोखरेलका अनुसार यस घटनाक्रमले स्पष्ट सन्देश दिन्छ— जनताको अपेक्षा पूरा गर्ने क्षमता, संगठनलाई सुदृढ बनाउने प्रयास र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन राजनीतिक सफलताको आधार हुन् । उनले चुनावी परिणामबाट जित्ने र हार्ने दुवै पक्षले समान रूपमा पाठ सिक्नुपर्ने पनि बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्