०७ साउन २०८३, बिहीबार

इन्दौरमा विद्युतीय कार चार्ज गर्ने क्रममा आगलागी हुँदा आठ जनाको मृत्यु

चैत ४, २०८२
काठमाडौं
इन्दौरमा विद्युतीय कार चार्ज गर्ने क्रममा आगलागी हुँदा आठ जनाको मृत्यु

भारतको इन्दौरमा विद्युतीय कार चार्ज गर्ने क्रममा सर्ट सर्किट भएर आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा रबर व्यवसायी मनोज पुगलिया र उनकी गर्भवती बुहारी सिमरनसहित आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् ।

मृतकमध्ये छ जना मनोजका आफन्त थिए, जो मंगलबार बिहारको किशनगंजबाट आएका थिए। घटना बुधबार बिहान ४ बजेतिर भएको हो ।

प्रहरीका अनुसार कारबाट घरमा फैलिएको आगोले भित्र भण्डारण गरिएका ग्यास सिलिन्डरहरू समेत जलेका थिए, जसका कारण एकपछि अर्को विस्फोट भए।

विस्फोटले घरको एक भाग भत्किएको थियो । आगलागीको खबर पाएको लगभग एक घण्टापछि दमकलका गाडीहरू घटनास्थलमा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्