०१ असार २०८३, सोमबार

कैलालीमा सशस्त्रको गुल्मभित्र छिरेर डीएसपीमाथि हातपात

चैत ५, २०८२
काठमाडौं
कैलालीमा सशस्त्रको गुल्मभित्र छिरेर डीएसपीमाथि हातपात

कैलालीस्थित टीकापुर सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी बल नेपालका डीएसपी प्रदीप पौडेलमाथि हातपात भएको छ ।

गुल्मभित्रै छिरेर केही युवाले उनीमाथि हातपात गरेका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार, तस्करीको केही सामान बरामद गरेको विषयमा विवाद हुँदा उनीमाथि युवाहरू हातपातमा उत्रिएका हुन् । 

डीएसपी पौडेलमाथि गरिएको अभद्र व्यवहारको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

यस घटनाबारे सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ । छानबिनका लागि गुल्मका अधिकांश सुरक्षाकर्मीलाई फिर्ता बोलाउने तयारी गरिएको छ । उनीहरूलाई नम्बर ३४ गण कैलालीमा बोलाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले घटनाको छानबिन गर्न ४३ नम्बर गणका प्रमुख तथा एसपी अनिल कार्कीको टोली टीकापुरस्थित सीमा सुरक्षा गुल्ममा पुगेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्