२७ जेठ २०८३, बुधबार

भरतपुरमा स्रष्टा सम्मान तथा प्रज्ञा पुरस्कार वितरण

चैत ५, २०८२
काठमाडौं
भरतपुरमा स्रष्टा सम्मान तथा प्रज्ञा पुरस्कार वितरण

चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

भरतपुर महानगरपालिकाको सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले संयुक्त रूपमा सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

कार्यक्रममा ‘कृष्ण बम मल्ल प्रज्ञा सम्मान’ नारायणप्रसाद खनाललाई प्रदान गरिएको छ, जसको राशी ५० हजार ७८ रूपैयाँ रहेको छ । 

यस्तै ‘भरतपुर प्रज्ञा सम्मान’ विजय गुरुङलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी पनि ५० हजार ७८ रूपैयाँ रहेको छ ।

विधागत रूपमा प्रदान गरिएका ‘भरतपुर प्रज्ञा पुरस्कार’ अन्तर्गत काव्यतर्फ गोविन्दगोपाल खतिवडाको ‘वासना कि उपासना’ कवितासङ्ग्रह, निबन्धतर्फ सञ्जीव पौडेलको ‘छोटु’ संस्मरण तथा आख्यानतर्फ सुभाष घिमिरेको ‘सान्दाजू’ उपन्यास पुरस्कृत भएका छन् । प्रत्येक पुरस्कारको राशी २५ हजार ७८ रूपैयाँ रहेको छ ।

त्यसैगरी, ‘वागीश्वरी प्रज्ञा पुरस्कार’ गायत्री अधिकारीको ‘वर्तमान’ उपन्यासलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी पनि २५ हजार ७८ रूपैयाँ रहेको छ । 

कार्यक्रममा सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वमाथि केदारनाथ खनालले टिप्पणी राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्