२२ जेठ २०८३, शुक्रबार
कांग्रेस सहमहामन्त्रीसँग संवाद

गगनकै कारण कांग्रेस बच्यो, विशेष नभएको भए तेस्रो दल बन्ने रहेछ– उदयशमशेर [भिडियो]

चैत ५, २०८२
काठमाडौं

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै गगन थापाले कांग्रेस सभापतिबाट राजीनामा दिएको समाचार बिहीबार सार्वजनिक भयो ।

चुनावको प्रारम्भिक नतिजासँगै राजीनामा गर्ने तयारी गरे पनि समानुपातिकतर्फको सूचीमा हस्ताक्षर गर्नुपर्ने भएकाले गगनले केही दिन कुरेर राजीनामा दिए ।

पुस ३० गते मध्यरातमा कांग्रेस सभापति निर्वाचित भएका गगनले २ महिनामै राजीनामा दिएपछि कांग्रेसमा अन्योलतामा बढेको छ । चुनावी पराजयको समीक्षा गर्न शुक्रबार कांग्रेसको बैठक बस्दैछ ।

विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय समितिले गगनलाई राजीनामाबारे पुनर्विचार गर्न आग्रह गर्ने तयारी गरेको छ । तर, गगन राजीनामा फिर्ता गर्ने मुडमा छैनन् ।

गगनले राजीनामा दिएपछि यसअघिको संस्थापन (शेरबहादुर देउवा–पूर्णबहादुर खड्का)ले भनेजस्तै विशेष महाधिवेशनको औचित्य समाप्त भएको हो ?

लोकान्तर डट्कमसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री उदय शमशेर जबराले यो प्रश्नको छिनोफानो नियमित महाधिवेशनमा हुने बताए ।

विशेष महाधिवेशन गरेर चुनावमा गएकै कारण कांग्रेसको अस्तित्व बचेको र पुरानै नेतृत्व लिएर गएको भए कांग्रेस तेस्रो दल बन्ने अवस्था रहेको उदय शमशेरको मूल्याङ्कन छ ।

गगनको राजीनामापछि कांग्रेसको नेतृत्व कसले गर्छ ? के हुन्छ ?

नियमित महाधिवेशन कहिले हुन्छ ? को सभापति बन्छ ?

यी लगायत समसामयिक विषयमा कांग्रेस सहमहामन्त्री जबरासँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :

 

salt training

कमेन्ट गर्नुहोस्