१९ असार २०८३, शुक्रबार

अवैध लागूऔषधसहित काठमाडौंमा दुई जना पक्राउ

चैत ५, २०८२
काठमाडौं
अवैध लागूऔषधसहित काठमाडौंमा दुई जना पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलाश बैकुण्ठ खाजा तथा सेकुवा होटलबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । 

लागू‌औषध पोलेनजस्तो देखिने वस्तु ७३ किलोग्राम र गाँजाजस्तो देखिने वस्तु २ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा होटलका सञ्चालक काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर घर भएका २७ वर्षीय देवराज घिसिङ र मकवानपुर कैलाश गाउँपालिका-२ घर भएका ४३ वर्षीय अष्तमराज घिसिङ रहेका छन् । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्