२९ असार २०८३, सोमबार

कांग्रेस बैठकमा गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुन्छ- विश्वप्रकाश

चैत ५, २०८२
काठमाडौं
कांग्रेस बैठकमा गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुन्छ- विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत हुने बताएका छन् ।

शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने शर्माले बताएका छन् ।

उनले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा समेत हुने बताएका छन् । उनले ‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक  भए पनि यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने रहेको उल्लेख गरेका छन् । 

‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन’, शर्माले सामाजिक सञ्जालमा लेखेका छन् । 

निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्दैछ । बैठकअघि नै सभापति थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति शर्मासमक्ष राजीनामा बुझाएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्