२३ जेठ २०८३, शनिबार
एन्फा विवादबारे कुराकानी

फिफा र एएफसीको नाममा भ्रम छरिँदैछ, बहुमतको आडमा जे पनि गर्ने ? : विराटजंग शाही

चैत ६, २०८२
काठमाडौं

पछिल्लो समय नेपाली फूटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) एकपछि अर्को विवादमा फसेको देखिन्छ । यति मात्र होइन, एन्फाको वर्तमान कार्यसमिति नै आपसमा विभाजित छ ।

एकातिर, एन्फा ‘अर्ली इलेक्सन’ मा होमिएको छ । अध्यक्ष, महासचिव लगायतका पदाधिकारी जसरी पनि चैत १३ गते एन्फाको निर्वाचन गर्ने अभियानमा सक्रिय छन् । निर्वाचन गतिविधि पनि निकै अगाडि बढिसकेको छ ।

अर्कोतिर, एन्फाकै केही पदाधिकारीले एन्फा विधानमा ‘अर्ली इलेक्सन’ को व्यवस्था नै नभएको दाबी गर्दै निर्वाचन रोकिनुपर्ने माग गरिरहेका छन् । पहिले जिल्ला र प्रदेश संघको निर्वाचन गरेर मात्र केन्द्रको निर्वाचन अगाडि बढाइनुपर्ने उनीहरूको माग छ ।

नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत एन्फालाई जिल्ला र प्रदेशको निर्वाचनपछि मात्र केन्द्रको निर्वाचन गर्न निर्देशन दिएको छ । आफ्नो निर्देशन पालन नगरे कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी पनि राखेपले दिँदै आएको छ । 

यसैगरी, सातदोबाटोस्थित एन्फा मुख्यालयमा पटक–पटक तालाबन्दी हुँदै आएको छ । केही समयअघि नेपाल फूटबल खेलाडी संघले तीन बुँदे मागसहित एन्फा मुख्यालयमा तालाबन्दी गर्‍यो । खेलाडी संघले लगाएको ताला खुल्न नपाउँदै एन्फामा आबद्ध क्लबहरू आन्दोलनमा ओर्लिएका छन् ।

फूटबल संघ जोडिएका क्लबका पदाधिकारीहरू अहिले पनि विभिन्न माग राख्दै एन्फा मुख्यालयको मुख्य प्रदेशद्वारमा तालाबन्दी गरेर रिले अनसनमा बसेका छन् । यसका अतिरिक्त, फूटबलसँग जोडिएका थुप्रै मुद्दा न्यायालयमा पनि सुनुवाइका क्रममा छन् ।

प्रस्तुत छ, नेपाली फुटबलसँग सम्बन्धित यिनै समसामयिक विषयमा केन्द्रित रहेर एन्फाका उपाध्यक्ष विराटजंग शाहीसँग गरिएको कुराकानी भिडियोमा:

salt training

कमेन्ट गर्नुहोस्