३० जेठ २०८३, शनिबार

बुटवलमा खुला लन टेनिस प्रतियोगिता आयोजना

चैत ६, २०८२
बुटवल
बुटवलमा खुला लन टेनिस प्रतियोगिता आयोजना

लन टेनिस खेलको विकास र प्रबर्द्धन गर्ने उद्देश्यसहित बुटवलमा खुला लन टेनिस प्रतियोगिता हुने भएको छ ।

रूपन्देही लन टेनिस संघले यही चैत १६ गतेदेखि चौथो मेयर कप तथा आठौं बुटवल खुला लन टेनिस प्रतियोगिता गर्न लागेको हो ।

बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा पुरुष तथा महिला एकल र डबल गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ ।

संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंले ५ दिनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी २०० भन्दा बढी पुरुष र महिला खेलाडीहरूको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा एकलतर्फ पुरुष/महिला,  ३५ प्लस, ४५ प्लस,  ५५ प्लस र  ६५ प्लस गरी ६ वटा विद्या रहेका छन् ।

डबलस्तर्फ पुरुष डबल्स, महिला डबल्स पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी पाँच विधा हुनेछन् ।

जसमा एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ भने डबल्सतर्फ  पहिलो र दोस्रो हुनेलाई  मात्र पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष चापागाईंले बताए ।

‘प्रतियोगिताले यस क्षेत्रमा लन टेनिस खेलसँगै भौतिक संरचनाको विकास हुने हाम्रो आशा छ,’ अध्यक्ष चापागाईंले भने ।

प्रतियोगिताको लागि २६ लाख ६७ हजार ५०० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संघका सचिव मनोज नेपालले जानकारी दिए ।

२०५७ मा राजधानी बाहिर शुरू गरिएको राष्ट्रिय स्तरको लन टेनिस प्रतियोगिता संघले निरन्तर गर्दै आएको सचिव नेपालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्