
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् ।
नियमित उपचारका लागि फागुन तेस्रो साता सिंगापुर गएका देउवा उतैबाट हङकङ प्रस्थान गरेका हुन् ।
सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएका उनको सचिवालयले जनाएको छ ।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर उनी नेपाल फर्कने कार्यक्रम छ ।