१४ असार २०८३, आइतबार

मकवानपुरमा भरूवा बन्दुकसहित एक जना पक्राउ

चैत ८, २०८२
काठमाडौं
मकवानपुरमा भरूवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुरमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बागमती गाउँपालिका-९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापति छन् । उनलाई भरूवा बन्दुक १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सन्तकुमारको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्