
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गरेको छ।
ट्रम्पले इरानसँगको द्वन्द्व समाधानका लागि छलफल भइरहेको र इरानको ऊर्जा पूर्वाधारमा हुने आक्रमणलाई पाँच दिनका लागि सारिएको बताएका थिए।
ट्रम्पले इरान आणविक हतियार त्याग्न तयार रहेको र उनीहरूकै आग्रहमा फोनमार्फत वार्ता अघि बढेको दाबी गरेका छन्।
तर, इरानको विदेश मन्त्रालयले ट्रम्पको यो दाबीलाई झुटो भन्दै खण्डन गरेको छ। इरानी अधिकारीहरूले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको प्रस्ट पारेका छन्।