
नेपाल प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण गरेको आरोपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का २२ वर्षीय अशोक लामालाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले पक्राउ लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।