२२ जेठ २०८३, शुक्रबार
सन्दर्भ : कांग्रेस विवाद

गगनले हस्ताक्षर गरेको टिकटमा चुनाव लड्नेले समानान्तर बैठक बोलाउन मिल्छ ? मधु आचार्य [भिडियो]

चैत १०, २०८२
काठमाडौं

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै शुरू भएको नेपाली कांग्रेसको विवाद चुनावपछि फेरि चर्किएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयसँगै पुरानो संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै समानान्तर बैठक बोलाउने तयारी गरेको छ ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई माघ ४ मा निर्वाचन आयोगले आधिकारिता दिएपछि शेरबहादुर देउवा पक्षका नेता समेत गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनाव लड्न गएका थिए ।

चुनावमा पराजयपछि पुरानो संस्थापनका नेताहरूले गगनविरुद्ध घेराबन्दी शुरू गरेका छन् ।

चुनावमा पराजयको जिम्मा लिँदै गगनले सभापति पदबाट दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकार गरेपछि मंगलबारको बैठकमा थापा सहभागी हुँदैछन् ।

null

उनले जारी केन्द्रीय समिति बैठकबाट १५ औं महाधिवेशनको मिति घोषणा गर्ने तयारी गरिरहेका छन् ।

पूर्णबहादुर शेखर पक्षले केन्द्रीय समिति बैठक बोलाउने तयारी गर्दैगर्दा गगन थापाको रणनीति के हुनेछ ?

चुनाव लगत्तै कांग्रेस विवाद किन बल्झियो ?

देउवा–पूर्णबहादुर खड्का–शेखर कोइराला समूहले समानान्तर बैठक बोलाए गगन थापाले के गर्छन् ?

कांग्रेसको नियमित महाधिवेशन कहिले हुन्छ ?

१५ औं महाधिवेशनपछि कांग्रेसको नेतृत्व कसले गर्छ ?

यी लगायत समसामयिक विषयमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा:

salt training

कमेन्ट गर्नुहोस्