२८ जेठ २०८३, बिहीबार

सुनको मूल्य झण्डै ३ हजारले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

चैत १२, २०८२
काठमाडौं
सुनको मूल्य झण्डै ३ हजारले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

स्थानीय बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्