२७ असार २०८३, शनिबार

यातायात कार्यालय हेटौंडाका अधिकृत र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत १२, २०८२
काठमाडौं
यातायात कार्यालय हेटौंडाका अधिकृत र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय हेटौंडा, मकवानपुरका अधिकृत (छैटौं) अमृत भेटुवाल र अर्का एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अधिकृत भेटुवालले सवारी सरुवा सहमति गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको थियो । 

आयोगले उनीहरूविरुद्ध ११ हजार ५ सय रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्