२३ जेठ २०८३, शनिबार

कुमारी बैंकले शुरू गर्‍यो मास्टरकार्ड सेवा

चैत १३, २०८२
काठमाडौं
कुमारी बैंकले शुरू गर्‍यो मास्टरकार्ड सेवा

कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्त्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट मास्टरकार्ड जारी गर्न शुरू गरेको जानकारी गराएको छ ।​​

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिँदै मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताए ।​​

यसैगरी कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले मास्टरकार्डको महत्त्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी दिँदै यस डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन् ।

साथै, बैंकले डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएसमा प्रयोग गर्न सकिने, मास्टरकार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै शुरू हुने, मास्टरकार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने जनाएको छ । 

अधिकृत ताम्रकारका अनुसार बैंकले गत वर्षदेखि नै आफ्ना एटीएमहरूमा मास्टरकार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने बताए ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा विद्युतीय कारोबारमार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्स्टेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । 

आगामी दिनमा पनि विद्युतीय कारोबारलाई प्राथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्