
हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियन पेले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको शुरूआत गरेको हो ।
बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं ई कमर्श प्लेटफर्ममार्फत हुने कारोबारको चिनियाँ मुद्रा सीएनवाईमा नै सहज भुक्तानी गर्न सक्ने छन् । यसले बजारमा उपलब्ध अन्य उपकरणहरूको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने उनको भनाइ छ ।
व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवं पर्यटकले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम युनियन पे आरएमबी कार्डमा लोड गरी भुक्तानी गर्न सक्ने छन् ।
