
पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने भएको छ । आइतबार बिहान धुम्बाराहीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले खड्कालाई नियन्त्रणमा लिएको थियो ।
सीआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार विभागले नै अनुसन्धान गरिरहेकाले खड्कालाई उतै बुझाइदिने भएको हो । उनले लोकान्तरसँग भने,‘ सम्पत्ति शुद्धीकरणको टीमसँग हाम्रो अनुसन्धान टीम पनि संलग्न छ, केही बेरमा उतै बुझाइदिन्छौँ ।’
जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित खड्का निवासबाट पैसाको बिटो बाहिर उडाइएको थियो । त्यतिबेलै विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको थियो ।