
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा पत्थरी देखिएको छ ।
त्रिवि शिक्षण अस्पताल प्रशासनले जारी गरेको स्वास्थ्य बुलेटिनमा ओलीलाई मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता पुराना समस्याका साथै पित्तथैलीमा पत्थरी समेत देखिएको उल्लेख छ ।
चैत १४ गते अस्पतालमा भर्ना भएका ओलीको मुटुको धड्कन असामान्य भएपछि प्रहरीले अस्पताल लगेको थियो ।
अस्पतालले आइतबार जारी गरेको विज्ञप्ति अनुसार ओलीलाई महाराजगञ्जस्थित अस्पतालको 'एनेक्स १' भवनको बेड नम्बर ५०१ मा राखेर उपचार शुरू गरिएको छ ।
दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता पुराना समस्याका साथै पित्तथैलीमा पत्थरी समेत देखिएको अस्पतालले जनाएको छ ।
प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओलीलाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको थियो ।
चिकित्सकको सल्लाहअनुसार थप निगरानीका लागि उनलाई अस्पतालमै राखिएको हो ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
