
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको नेता चयन गरेको छ ।
पार्टीको आज बसेको दलको बैठकले पार्टी संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दलको नेता चयन गरेको छ ।
बैठकपछि सांसद महेन्द्रबहादुर शाहीले प्रचण्डलाई दलको नेता चयन गरिएको जानकारी दिए ।