![नयाँ सरकार बन्दा पनि सुनसान छ सिंहदरबार, छैन बधाई दिनेहरूको भीड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/PM_office_PMO__t3ontfeDOr.jpg)
जेनजी आन्दोलनपछि देशले युवा नेतृत्व पाएको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा सरकार बनेपछि अहिले सिंहदरबारमा भने पहिलेजस्तो चहलपहल छैन ।
यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायत पार्टीले सरकार हुँदा सिंहदरबारमा बधाई तथा शुभकामना दिनेहरूको भीड नै लाग्ने गर्थ्यो, तर, अहिले भने अवस्था फेरिएको छ ।

नयाँ मन्त्रीहरूले मन्त्रालय सम्हालेको हप्ता दिनसम्म बधाई तथा शुभकामना दिनेहरूको भीड लाग्ने मन्त्रालयहरू अहिले सुनसानजस्तै छन् । मन्त्रालयमा कर्मचारीहरू मात्रै भेटिन्छन् । पार्टीका कार्यकर्ता, नेता र आफन्तहरूको भीड लाग्ने सिंहदरबारमा सामान्य भेटघाटभन्दा पनि काम विशेषमा आउनेहरू मात्रै देखिएका छन् ।











