०१ असार २०८३, सोमबार
भ्रष्टचार नियन्त्रणको प्रयास

मुख्यसचिवको परिपत्र- भ्रष्टाचार भएमा सम्बन्धित कार्यालय प्रमुख पहिलो जिम्मेवार

चैत १९, २०८२
काठमाडौं
मुख्यसचिवको परिपत्र- भ्रष्टाचार भएमा सम्बन्धित कार्यालय प्रमुख पहिलो जिम्मेवार

सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाउने निर्णय भएको छ ।

मुख्यसचिव सुमनराज अर्यालले बिहीबार जारी गरेको परिपत्रमा उक्त कुरा उल्लेख छ ।

भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारीरूपमा नियन्त्रण गर्ने सन्दर्भमा उक्त कदम चालिएको परिपत्रमा उल्लेख छ ।

‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकोले सोही बमोजिम गर्ने गराउने व्यवस्थाका लागि समेत अनुरोध छ,’ मुख्य सचिव अर्यालले सबै सरकारी कार्यालयको नाममा जारी गरेको परिपत्रमा उल्लेख छ ।

आर्थिक अनियमितता, भ्रष्टाचारको रोकथाम र नियन्त्रणका लागि नीतिगत, कानूनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गरिनुपर्ने महत्त्वपूर्ण सुझावहरू समेत माग गरिएको छ ।

कार्यालयहरूमा हुन सक्ने मोलमोलाहिजा, भ्रष्टाचार र अनियमिताका घटनाको सूक्ष्म निगरानी राख्न, छड्के जाँच गर्न/गराउन तथा भ्रष्टाचारसम्बन्धी कुनै जानकारी प्राप्त हुनेवित्तिकै सम्बन्धित निकायमा लेखी पठाउन समेत अनुरोध गरिएको छ ।

हेर्नुहोस्, परिपत्र :

null

salt training

कमेन्ट गर्नुहोस्