२८ जेठ २०८३, बिहीबार

बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डी गो प्लेटफर्ममा प्रदर्शन

चैत २०, २०८२
काठमाडौं
बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डी गो प्लेटफर्ममा प्रदर्शन

नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' अब आधिकारिक रूपमा डी गो ओटीटी प्लेटफर्ममा प्रदर्शनका लागि तयार भएको छ ।

यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश ‘उज्वल थापा फाउन्डेसन’लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ । यसले उज्वल थापाले शुरू गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

दिमाग घोच्ने मान्छेले थापाको बाल्यकाल, अमेरिकाको शिक्षा र नेपाल फर्किएपछि उद्यमशीलतामार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ । दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभवमार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए । यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो ।

नेपाल र विश्वभरका दर्शकहरूले अब ‘डी गोको’ एपमार्फत यो विशेष वृत्तचित्र हेर्न सक्नेछन्। नेपालका लागि १९९ रुपैयाँ र विदेशका लागि २.९९ देखि ४.९९ डलरसम्मको आकर्षक शुल्क तोकिएको छ।

salt training

कमेन्ट गर्नुहोस्