
कैलाली र कास्कीमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
कैलालीको टीकापुर नगरपालिका १ नयाँ टीकापुर बस्ने ४३ वर्षीय लालबहादुर थापाको खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा लालबहादुरसहित ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७७ हजार ७ सय ३५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, कास्कीको पोखरा महानगरपालिका १४ चाउथेस्थित पोखरा होम्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १ बगर बस्ने ५२ वर्षीय सुकबहादुर श्रेष्ठसहित ८ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख २३ हजार ५ सय रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।