२२ जेठ २०८३, शुक्रबार
सन्दर्भ : एमालेभित्रको उकुसमुकुस

केपी ओलीबाट अब एमाले चल्दैन, पार्टीको व्यापक पुनर्गठनमा लाग्छौं– सुरेन्द्र पाण्डे [अन्तर्वार्ता]

चैत २३, २०८२
काठमाडौं

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेपछि नेकपा एमालेभित्र अहिले उकुसमुकुस चलिरहेको छ ।

भदौ २३–२४ को जेनजी आन्दोलनका कारण सत्ताबाट विस्थापित भएको एमालेले ‘अर्ली महाधिवेशन’ गरेर नयाँ नेतृत्व चयन गरे पनि एमालेमा फेरि विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको बहस चलिरहेको छ ।

केपी शर्मा ओलीको नेतृत्व असफल भएकाले उनले छाड्नुपर्ने आवाज एमालेभित्र बुलन्द हुँदैछ । गत मंसिरमा सम्पन्न महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे अब ओलीबाट एमाले चल्न नसक्ने बताउँछन् ।

लोकान्तर डट्कमसँग कुरा गर्दै पाण्डेले पार्टीको व्यापक पुनर्गठनको अभियान छिट्टै शुरू हुने बताए । पार्टी पुनर्गठनका लागि नेतृत्व लिने व्यक्ति नै अबको एमालेको नेता बन्ने उनको धारणा छ ।

५ वर्षको अवधिमा १७४ सीटको पार्टी २५ मा झर्ने अवस्था बनेकाले केपी ओलीले नेतृत्व छाड्नु पर्ने उनको भनाइ छ । नेतृत्व छाड्न आफूले ओलीलाई पटक पटक आग्रह गरेको पाण्डेले बताए ।

चुनावमा एमाले पराजयका कारण के–के हुन् ?

एमाले यथास्थितिमा चल्छ कि रूपान्तरित हुन्छ ?

केपी ओलीकै नेतृत्वमा रूपान्तरण हुने हो कि ओलीको विकल्प खोज्ने ?

कांग्रेसमा जस्तै एमालेमा नेतृत्व परिवर्तनका लागि हाँक दिन सक्ने नेता को छ ?

कहिलेसम्म एमालेले नेतृत्व फेरेर पार्टीको रुपान्तरण गर्छ ?

यी लगायत समसामयिक विषयमा पाण्डेसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्