३० जेठ २०८३, शनिबार

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

चैत २३, २०८२
जुम्ला
निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जुम्लाको तिला गाउँपालिका–६ मा सञ्चालन गरिएको दुई दिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।

‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए ।

गाउँमै दन्त शिविर सञ्चालन भएपछि स्थानीयको दाँत परीक्षण तथा दाँत सफा गर्ने, औषधि वितरण तथा दाँतसम्बन्धी परामर्शसमेत गरिएको थियो ।

विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीयलाई दाँतको हेरचाह, नियमित ब्रस गर्ने तरिका, खानपानमा ध्यान दिनुपर्ने विषय तथा दाँतसम्बन्धी रोगबाट बच्ने उपायबारे जानकारी गराएको वडाध्यक्ष रोकायाको भनाइ छ ।

यसैगरी तातोपानी गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा १९२ जनाको आँखा जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख गुरूप्रसाद चौलागाईंले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा आइतबार सञ्चालन भएको निःशुल्क आँखा तथा मोतियाविन्दु शिविरमा ६२ पुरुष र १३० महिलाले सेवा लिएका शाखा प्रमुख चौलागाईंले बताए ।

salt training

कमेन्ट गर्नुहोस्