
नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्रकुमार दास १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई सोमबार उक्त रकमसहित पक्राउ गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेका थिए ।
उक्त सूचनाका आधारमा इटहरीबाट खटिएको टोलीले दासलाई सेवाग्राहीसँग लिएको रकमसहित हनुमाननगर कंकालिनी नगरपालिका १ बाट नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।