२४ असार २०८३, बुधबार

इरानका नयाँ सर्वोच्च नेता खामेनी अझै कोमामै छन् ?

चैत २४, २०८२
काठमाडौं
इरानका नयाँ सर्वोच्च नेता खामेनी अझै कोमामै छन् ?

इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर स्वास्थ्य अवस्थाका कारण उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ ।

द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ ।

प्रतिवेदनअनुसार खामेनी कोमामा उपचाररत रहेको र उनी हाल शासनका कुनै पनि निर्णय प्रक्रियामा संलग्न हुन नसक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ । सो मेमोले पहिलोपटक उनको ठ्याक्कै स्थानसमेत खुलाएको दाबी गरिएको छ ।

यस विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीलाई समेत जानकारी रहेको जनाइएको छ । वासिङ्टनस्थित इरानको प्रतिनिधित्वसँग पनि यसबारे सम्पर्क गरिएको उल्लेख गरिएको छ, जसले पाकिस्तानस्थित दूतावासमार्फत काम गर्दै आएको बताइएको छ ।

पश्चिम एसियामा द्वन्द्व शुरू भएयता खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन् । उनको नाममा जारी गरिएका सन्देशहरू भने इरानी सरकारी सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्