०१ असार २०८३, सोमबार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यको राजीनामा स्वीकृत

चैत २४, २०८२
काठमाडौं
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यको राजीनामा स्वीकृत

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । 

समितिका अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले मंगलबार नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए ।

अघिल्लो सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्