
मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयबाट ३३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालय र अन्य सरकारी कार्यालयबाट उनीहरूलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार यातायात व्यवस्था कार्यालय विरगंजबाट ४, मालपोत कार्यालय विरगंजबाट ३, जिल्ला रौतहट मालपोत कार्यालय गौरबाट ५, मालपोत कार्यालय चपुरबाट २, जिल्ला सर्लाही मलंगवा ट्रायल सेन्टरबाट २, मालपोत कार्यालय मलंगवाबाट ९, जिल्ला धनुषाको विभिन्न सरकारी कार्यालयबाट ४ जना र जिल्ला सप्तरीको विभिन्न सरकारी कार्यालयबाट ४ जनालाई पक्राउ गरिएको हो ।
सम्बन्धित निकायहरूसँग समन्वय गरी अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
