
नेपालकी कीर्तिमानी कराँते खेलाडी एरिका गुरुङलाई विश्व चर्चित जापानी कराँते पोशाक उत्पादन कम्पनी सुराई दोले खेल सामग्री प्रायोजन गर्ने भएको छ ।
एरिका नेपाली कराँतेकी ऐतिहासिक पदक विजेता खेलाडी हुन् । उक्त कम्पनीमार्फत यस्तो अवसर प्राप्त गर्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।
सुराई देले उनलाई चार सेट कराँते ड्रेस, एउटा ब्याग, चारवटा सिन गार्ड, चारवटा बेल्ट, चार जोडी ग्लोब्स र पाँचवटा टिसर्ट उपलब्ध गराइएको छ । सम्झौता दुई वर्षका लागि गरिएको छ जानकारी राष्ट्रिय कराँते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले दिए ।
कम्पनीले प्रत्येक वर्ष यसैगरी खेल सामग्री हस्तान्तरण गर्ने जनाएको छ ।
प्रशिक्षक श्रेष्ठले यस्तो अन्तर्राष्ट्रिय सहयोगले खेलाडीको मनोबल उच्च बनाउने र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।