११ साउन २०८३, सोमबार

इरानलाई क्षतिपूर्ति दिन अमेरिका अनिच्छुक, हर्मुज जलसन्धिमा मात्र सम्झौता हुन सक्ने

चैत २५, २०८२
काठमाडौं
इरानलाई क्षतिपूर्ति दिन अमेरिका अनिच्छुक, हर्मुज जलसन्धिमा मात्र सम्झौता हुन सक्ने

अमेरिका र इजरायलको बमबारीबाट भएको विनाशको पुनर्संरचनाका लागि इरानले क्षतिपूर्तिको माग गरेको छ। तर, अमेरिकाले यस्तो क्षतिपूर्ति दिने सम्भावना निकै कम देखिएको छ।

ट्रम्प प्रशासनले इरानलाई क्षतिपूर्ति दिने कुरा अत्यन्तै असम्भव रहेको बीबीसीको समाचारमा उल्लेख छ। अमेरिकाले इरानमाथि गरिएका ती आक्रमणहरूलाई जायज र न्यायपूर्ण मान्ने गरेको छ। 

त्यसैले, बमबारीबाट भएको क्षतिको पैसा तिर्न अमेरिका तयार हुने देखिँदैन।
ट्रम्पले इरानसँग एउटै मात्र आर्थिक सम्झौतामा चासो देखाउन सक्छन्। त्यो हो— 'स्ट्रेट अफ हर्मुज' (हर्मुज जलसन्धि) मा इरान र अमेरिका दुवैले मिलेर शुल्क (टोल) उठाउने। यद्यपि, यो प्रस्तावमा इरान सहमत हुने सम्भावना भने निकै न्यून छ।
अहिलेको स्थितिमा इरानले मागेको क्षतिपूर्तिको मुद्दा सम्बोधन हुने छाँटकाँट देखिएको छैन।

salt training

कमेन्ट गर्नुहोस्