११ साउन २०८३, सोमबार
लिखित जवाफ पेस गर्नुपर्ने

सांसदलाई स्वकीय सचिव दिने सरकारी निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

साउन ११, २०८३
काठमाडौं
सांसदलाई स्वकीय सचिव दिने सरकारी निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

संघीय संसद‌्‌का सांसद तथा पदाधिकारीहरूलाई स्वकीय सचिव (सुविधा) दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले सोमबार विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद्को गत असार ३० गतेको बैठकले संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो । 

उक्त निर्णय बमोजिम गत साउन ४ गते नेपाल राजपत्रमा सूचना समेत प्रकाशित गरिएको थियो । 

सरकारको उक्त निर्णय र राजपत्रको सूचना बदर गर्न माग गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले गत शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीहरूका नाममा लिखित जवाफ माग्दै कारण देखाऊ आदेश जारी गरेको हो । 

निवेदकले सरकारी निर्णय र राजपत्रको सूचनालाई तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेशको समेत माग गरेका थिए । यद्यपि, अदालतले हाललाई अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्