१२ साउन २०८३, मंगलबार

घाँस काट्ने क्रममा ढुङ्गाले लागेर युवतीको मृत्यु

साउन ११, २०८३
बैतडी
घाँस काट्ने क्रममा ढुङ्गाले लागेर युवतीको मृत्यु

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्