२५ असार २०८३, बिहीबार

जनतालाई राहत दिन इन्डियानामा ग्यासमा लगाइएको कर हटाइयो

चैत २६, २०८२
काठमाडौं
जनतालाई राहत दिन इन्डियानामा ग्यासमा लगाइएको कर हटाइयो

अमेरिकाको इन्डियाना राज्यमा ग्यासको मूल्य आकाशिएपछि जनतालाई राहत दिन राज्य सरकारले कर कटौती गरेको छ। रिपब्लिकन गभर्नर माइक ब्राउनले बुधबार इन्धनमा लाग्दै आएको ७ प्रतिशत 'प्रयोग कर' आगामी ३० दिनका लागि निलम्बन गर्ने घोषणा गरेका हुन्।

गभर्नर ब्राउनका अनुसार यो निर्णयबाट अप्रिल महिनामा प्रति ग्यालन १७.२ सेन्ट बचत हुनेछ, जसले राज्यका उपभोक्ताहरूको कुल ५ करोड डलर जोगिनेछ । 'ग्यासको उच्च मूल्यका कारण सर्वसाधारणलाई परेको आर्थिक भार कम गर्न मैले ग्यास कर हटाएको घोषणा गरेको हुँ,' ब्राउनले भने। यो निलम्बन ३० दिनपछि थप गर्ने वा नगर्ने भन्नेबारे पछि समीक्षा गरिनेछ।

इन्डियानामा हाल एक ग्यालन नियमित ग्यासको औसत मूल्य ४.१४ डलर पुगेको छ, जुन अघिल्लो महिना ३.४७ डलर मात्र थियो । फेब्रुअरीमा इरानसँग अमेरिका-इजरायली द्वन्द्व शुरू भएयता इन्धनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । इन्डियानाअघि जर्जियाका गभर्नर ब्रायन केम्पले पनि मार्चमा ३३.३ सेन्ट ग्यास कर दुई महिनाका लागि निलम्बन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्