
कवि तथा गीतकार सीता सिंखडाद्वारा लिखित ‘सीताको धरातलका सुस्केरा’ नामक कृति सार्वजनिक भएको छ ।
कृतिमा ६६ वटा कविता र २३ वटा गीत समावेश छ । कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका विशिष्ट अतिथि प्राडा. कृष्णहरि बराल तथा अन्य अतिथिहरूले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा कृतिभित्र रहेका दुई गीत ‘आँखै रसायो’ र ‘म आफैंलाई चिन्दैछु’को म्युजिक भिडियोसमेत सार्वजनिक भएको थियो ।
जसमा क्रमशः इन्दिरा जोशीको स्वर तथा राज सागरको सङ्गीत एवं निशान भट्टराईको स्वर तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।
यी दुवै भिडियोलाई ओएसआर डिजिटल मिडियाले बजारीकरण गर्न लागेको बताइएको छ ।