२४ जेठ २०८३, आइतबार

बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

चैत २९, २०८२
काठमाडौं
बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
फाइल फोटो

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन गरेकी छिन् । अनुगमनपछि उनले सरकारी अस्पतालमा जनताले सेवा पाउँदा झन्झट नभई राहत महसुस गर्नुपर्ने बताइन् ।

उनले अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिँदै मन्त्री मेहताले अस्पतालको सरसफाइ, बिरामीको चाप र लामा लाइन, औषधि अभाव, स्वास्थ्य बिमामा देखिएका जटिलतालगायत विषयका बारेमा प्रत्यक्ष अवलोकन गरिन् ।

अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौं कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गरिन् ।

अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई अस्पतालको सरसफाइमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशनसमेत दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्