२९ जेठ २०८३, शुक्रबार

भरुवा बन्दुकसहित २ जना पक्राउ

चैत २९, २०८२
उदयपुर
भरुवा बन्दुकसहित २ जना पक्राउ

उदयपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।​

उनीहरूलाई बेलका नगरपालिका ६ वाबुङला सामुदायिक वनबाट बन्दुकसहित गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्